वीरगंज – प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडले शनिबार वीरगंजमा विमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ। कार्यक्रममा वीरगंज महानगरपलिकाका मेयर विजयकुमार सरावगीले विमा कम्पनीको झन्झटिलो प्रणाली र प्रकृयाका कारण चाहेजति ठाउँमा निर्जीवन विमा कम्पनीले सेवा विस्तार गर्न नसकेको बताए।
देशमा १९ वटा जीवन विमा र २० वटा निर्जिवन वीमा कम्पनीले स्वीकृति लिई काम गरिरहेको स्मरण गर्दै उनले भने, ‘शहरमा मात्र केन्द्रित रहेका विमा कम्पनीहरुले गाउँगाउँसम्मका जनतालाई विमा सम्बन्धी जानकारी दिनु आवश्यक छ।’ उनले यस्ता जनचेतनामुलक कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताए।
प्रिमियर इन्स्युरेन्स कम्पनीका सिइओ प्रध्युम्न प्रसाद उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु अशोक वैद्य, अशोक टेमानी, हालका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, कम्पनीका नायब महाप्रबन्धक देवेन्द्रराज गौतमलगायतको सहभागिता थियो। २७ वर्षअघि स्थापना भएको प्रिमियर इन्स्युरेन्स कम्पनीले विगत २५ वर्षदेखि सेवा दिइरहेको जानकारी दिदैं सिइओ उपाध्यायले भने, ‘आगामि दिनमा अझ बढी गुणस्तरीय सेवा दिन लागिपर्नेछौ।’