काठमाडौँ - सिटी एक्सप्रेस मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ। यस सम्झाैतापत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्रेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतापश्चात सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाबाट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन्।