काठमाडाैँ – लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच बैंकास्याेरेन्स सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इन्स्योरेन्सकाे तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बीके श्रेष्ठ र बैंककाे तर्फबाट रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले नेपालभर रहेका नबिल बैंकका सम्पूर्ण शाखाहरूमार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन्।