काठमाडौँ – रिलायन्स फाइनान्सले जेठ २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारण सभा एकैपटक बोलाएको हो। सभा लैनचाैरस्थित लैनचौर बैंक्वेटमा बिहान ११ बजे शुरु हुने भएको छ।
कम्पनीले साधारणसभाबाट आव २०७३/७४ को नाफाबाट १ सय २५ बोनस शेयर र कर तिर्न शुन्य दशमलव ६३ नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। यसैगरी, आव २०७४/७५ को लाभांश वापत १ सय २५ बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पूँजीको कुल २ दशमलव ६३ नगद लाभांश वितरण गर्ने एजेन्डा पनि रहेको छ।
सभा गर्न कम्पनीले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। जेठ १२ गतेसम्म कायम रहने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ। कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव लैजाने भएकाे छ।