काठमाडौँ – मेरो माइक्रोफाइनान्स लघुवित्तको जेठ ७ गते मंगलबारदेखि २ लाख ९ हजार ६ सय ४९ कित्ता शेयर लिलामी खुल्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।
प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ। लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ।लगानीकर्ताले यसमा जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ।
संस्थाले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १ हजार ५ हकप्रद शेयर बिक्री गरेको थियो। कम्पनीले ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३ सय ५१ कित्ता मात्र बाँडफाँट भएको थियो। त्यही बिक्री हुन बाँकी रहेको शेयर अहिले लिलामी गर्न लागिएको हो।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ। यस्तै, ग्लोबल आइएमई बैंकको विभिन्न ठाउँमा रहेकाे शाखाबाट पनि लिलामी भर्न सकिनेछ।