काठमाडौंँ - स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ जेठ ५ गते आइतबार बाँडफाँट हुने भएको छ। सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आइतबार बिहान १० बजे आईपीओ बाँडफाँट हुने भएको हाे।
संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको हो। कुल आईपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९ सय ३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १ लाख ८५ हजार ५ सय ८७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो।
स्वाभिमानको आईपीओमा ६० करोड ४५ लाख ५५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। २ लाख ६४ हजार २ सय ८६ जना लगानीकर्ताले ६० लाख ४५ हजार ५ सय ५० कित्ताका लागि आवेदन दिएका हुन्। कुल आवेदकमध्ये १८ हजार ५८० जनाले १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाउनेछन्।