काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १५ दशमलव ४८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो। बोनसमा लाग्ने लाभांश कर भने शेयरधनी आफैले व्यहोर्नु पर्नेछ। कम्पनीको हाल चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ भने १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब भन्दा बढी हुनेछ।
सञ्चालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति दिई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले बोनस पाउनेछन्।