काठमाडौँ – गुराँस लाइफ इस्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर भर्ने अन्तिम दिन भाेलि बुधबारसम्म रहेको छ। इन्स्योरेन्सले गत चैत २८ गतेदेखि हकप्रद शेयर विक्री खुला गरेको थियाे। कम्पनीले २ दशमलव १ अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको छ। यसमा चैत ५ गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीले ५० प्रतिशत हकप्रदपछि तोकिएको चुक्ता पूँजी नपुग्ने देखिएपछि फेरि १ हजार ५ हकप्रद जारी गर्ने प्रस्ताव चैत २१ गतेको वार्षिक साधारणसभाबाट पारित गरिएको हो। सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ८५ प्रतिशत बाेनस शेयर दिने प्रस्ताव पारित गरेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद विक्रीपछि पूँजी ८९ बनेपा करोड १० लाखभन्दा बढी पुग्नेछ। गुरांँसले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन हकप्रद विक्री गर्न लागेको हो।
कम्पनीको हकप्रदमा विक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ। उक्त आवेदनका लागि लक्ष्मी बैंकका विभिन्न ठाउँमा रहेका शाखाहरूबाट हकप्रद भर्न पाइने व्यवस्था रहेको छ। यसैगरी, लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, काठमाडौँ र सी–आस्वाबाट पनि आवेदन दिन सकिन्छ।