काठमाडौँ - सनराइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा आफ्नाे नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखा कार्यालयकाे नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले आज शुक्रबार संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
उक्त शाखा कार्यालयकाे उद्घाटनसँगै बैंकको शाखा संख्या १०५ पुगेको छ। कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजूलगायत बैंकका अन्य कमर्हचारीहरूको पनि उपस्थिति रहेको थियो।