काठमाडौँ – सिभिल बैंकले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न गरेको छ। दुवै सभाले १० दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव ५५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
आव २०७३/७४ को नाफाबाट बैंकको चुक्तापूँजीको १० दशमलव २५ का दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार ३ सय १२ रुपैयाँ ८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो। यसैगरी शून्य दशमलव ५४ का दरले हुन आउने ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने जनाइएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रतिशेयर ४ दशमलव ५५ का दरले हुन आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ ६५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ।
यस्तै, संस्थापक समूहबाट अम्बीर बोगटी, इच्छा राज तामाङ, र प्रतापजंग पाण्डे सञ्चालकमा निवार्चित भएका छन्। सर्वसाधारण समूहबाट शम्भु प्रसाद, प्रकाश तायल, पन्त र युगेश बहादुर मल्ल आगामी चार वर्षका लागि निर्विरोध निवार्चित भएका छन्।
्