काठमाडौँ – सनराइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ। साेसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र इन्स्योरेन्सकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन्।
ग्राहकहरूले सनराइज बैंकका देशभरका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।