काठमाडौँ – गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ।सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार गण्डकी विकास बैंकले देशभर रहेका आफ्ना ७७ शाखाहरूबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरू विक्री गर्नेछ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले सावधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै आएको छ। साथै, कारोबार प्रारम्भ गरी पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।