काठमाडौँ – सिद्धार्थ बैंकले सोमबार कालीमाटी शाखाको उद्घाटन गरेको छ। बैंकको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधिसभाका सदस्य जीवनराम श्रेष्ठ र सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रूपमा गरेका हुन्।
बैंकले देशभर १ सय ५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १ सय शाखारहित बैंकिङ सेवा, १ सय ६२ एटीएम र १३ सय भन्दा बढी पीओएस मेशिनमार्फत् उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।