काठमाडौँ – इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। संस्थालाई बोर्डले ६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न अनुमति दिएको हो।
कम्पनीले जारी पूँजीको ३२ दशमलव ५ सय ५ आईपीओ विक्री गर्न लागेको हो। यो आईपीओमा सिभिल क्यापिटल मार्केटले विक्री प्रबन्धकको काम गर्नेछ। क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आईपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ। इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ।
चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको इन्फिनिटीको जगेडा कोषमा २ करोड ७१ लाख ६० हजार रुपैयाँ छ। चैत मसान्तसम्म ४५ करोड ६७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३४ करोड ३५ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।