काठमाडौँ – सिद्धार्थ बैंकले हिजाे आइतबार फर्पिङ शाखाको औपचारिक रुपमा उद्घाटन गरेको छ। बैंकको उक्त नयाँ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले गरेका हुन्।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय शाखारहित बैंकिङ सेवा, १ सय ६१ एटीएम र १३ सय भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।