काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालयको आइतबार औपचारिक उद्घाटन गरेको छ। काठमाडौं महानगरपालिका– २६, गोंगबुस्थित उक्त शाखाको उद्घाटन सोही वडाका वडाध्यक्ष ख्यामराज तिवारीले गरेका हुन् ।
बैंकको मुलुकभर २ सय ८२ शाखा कार्यालयहरू, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवम् २५ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।