काठमाडौँ – एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते विशेष साधारणसभामा बोलाएको छ। कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न १० बराबर ६ अनुपात अर्थात ६० प्रतिशत हकप्रद शेयर जारी गर्न उक्त दिन विशेष साधारणसभा बोलाएको हो।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रयोजनका लागि कम्पनीले जेठ ६ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ। हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ। ६० प्रतिशत हकप्रदपछि १ अर्ब २ करोड ४६ लाख ५९ हजार पुग्नेछ।