काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र पोखरा फाइनान्सबीच सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इन्स्योरेन्सकाे तर्फबाट मुख्य बजार विकास प्रवर्द्धन विभाग प्रमुख राजु केसी र फाइनान्सको तर्फबाट डेपुटी सिइओ राजुमोहन भट्टराईले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरूले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दावी भुक्तानी सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन्।
साथै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरू पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरू मार्फत उपलब्ध हुने जनाइएको छ।