काठमाडौँ – प्रभु बैंक लिमिटेडले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा वैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ। उक्त काउन्टरको उद्घाटन विराटनगर महानगरपालिकास्थित श्रम तथा वैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले गरेका हुन।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवश्यक श्रम स्वीकृतिबापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाका लागि बिहीबारदेखि एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने बैंकले विश्वास लिएको छ।