काठमाडौँ - माछापुच्छ्रे बैंकले झापा र मोरङमा गरी १४ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङमा १ गरी कुल १४ स्थानमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको हाे।
बैंकले ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ। यसैगरी चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ।
बैंकले देशभरि १ सय वटा शाखाहरू, १ सय २१ वटा एटीएम लगायत ९७ शाखारहित बैकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।