काठमाडौँ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोहलपुरमा नयाँ शाखा विस्तार गरेको छ। कम्पनीको यो १०० औँ शाखा हो। उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका हुन्। नयाँ शाखा उद्घाटनको अवसर पारेर कम्पनीले ‘अमृत श्री’ नामक नयाँ बीमा योजना पनि शुभारम्भ गरेको छ।
बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेलकाे समेत उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष चापागाईंले पछिल्लो समय बीमाप्रति आमनागरिकको विश्वास बढ्दै गइरहेको र बीमाको पहुँच बढेर १८ प्रतिशत पुगेको बताएका छन्। अब बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ थियो। उनका अनुसार देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजी एकीकृत गरी बीमामार्फत सही ठाउँमा प्रयोग भइरहेको जनाएको छ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकीकरण गर्न बीमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताएका छन्।