काठमाडौँ – प्रभु बैंकले काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। उक्त काउण्टरको कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले आज शुक्रबार उद्घाटन गरेका हुन्।
बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आवद्ध कृषि तथा फलफूल व्यवसायीहरूलाई प्रत्यक्ष सम्बन्ध स्थापित गरी सहज र सरल रूपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त काउण्टरको स्थापना गरेको बैंकले बताएको छ ।
बैंकले कृषि क्षेत्रको विकास तथा कृषि व्यवसायमा संलग्न विपन्न आर्थिक अवस्था भएका कृषकहरूको आर्थिकस्तर उकास्न कृषि कर्जा शीर्षकअन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ लगानी गरिरहेको जानकारी दिएकाे छ।
बैंकले अन्नबाली, तरकारी बाली, चिया/कफी, फलफूल तथा पुष्प खेती, पशुपालन/पशु बधशाला, माहुरी पालन, सिंचाई, माछा पालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कर्जा लगानी गर्दै आइरहेको छ ।