काठमाडौँ– ओम डेभलपमेन्ट बैंक लिमिटेडले बचत खाता सञ्चालनमा ल्याएको छ। खोलौं खाता अभियान २०७६ अन्तर्गत बैंकले बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ जम्मा गरिदिने भएको छ।
यसका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्ने बैंकले जनाएको छ।
बैंकले खातामा निशुल्क चेक बुक, निशुल्क अन्तर शाखा कारोबार, निशुल्क बैंक स्टेटमेन्ट, निशुल्क आश्वा सेवा तथा कर्जामा पनि सहुलियतहरु प्रदान गर्ने जनाएको छ।
बैंकले केहि दिन अघि पोखरा महानगरपालिका, स्थानीय बस व्यवसायी समिति र एन क्लाउड प्रालिसँग स्मार्ट सिटी पोखरा कार्यक्रम अन्तर्गत महानगरमा चल्ने बसहरुमा स्मार्ट कार्ड विषयमा चारपक्षिय सम्झौता गरेको थियो।