काठमाडौँ– मिथिला लघुवित्त वित्तीय संस्थाले २१ हजार ६ सय ४२ दशमलव ६९ कित्ता शेयर लिलामी गर्ने भएको छ। कम्पनीले संस्थापक समूहले १३ हजार ९ सय ७७ दशमलव ७८ कित्ता र सर्वसाधारण समूहको ७ हजार ६ सय ६४ दशमलव ९१ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो।
शेयरका लागि वैशाख २० गतेदेखि २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर लिलामी भर्नु पर्नेछ। यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट, कमलादी काठमाडौँ तथा मिथिला लघुवित्तको केन्द्रीय कार्यालय ढल्केबर धनुषाबाट आवेदन दिन सकिनेछ।
यस्तै, बैंक अफ काठमाण्डुका विराटनगर, वीरगञ्ज, बिर्तामोड, जनकपुर, पोखरा, हेटौंडा, घोराही, नारायणघाट, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सक्नेछन्। यस्तै, ज्योति विकास बैंकको महेन्द्रनगर, कञ्चनपुर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ।
मिथिलाले गत माघ १७ देखि फागुन २९ गतेसम्म ५० प्रतिशत हकप्रद निष्कासन गर्दा विक्री नभएको शेयर अहिले लिलामी गर्न लागेको हो।