काठमाडौँ - डिस मिडिया नेटवर्कको ९औँ वार्षिक साधारण सभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। अध्यक्ष हेमराज ढकालले कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गरेका थिए।
नियामक निकायसँग छलफल गरेर शेयर जारी गर्ने प्रकृयामा डिसहोम रहेको छ। कम्पनीले आफ्नो व्यापार विस्तारका लागि जोहो गर्न साधारण शेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ। कम्पनीको साधारण शेयर प्रिमियममा जारी गर्ने नगर्नेबारे अझै प्रष्ट पारेको छैन।