काठमाडौँ - एनआईसी एशिया बैंकले काठमाडौँ उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु एकैपटक सञ्चालनमा ल्याएको छ।
बैंकले बुधबार नयाँ शाखा कार्यालयहरुको उद्घाटन मध्यपुर थिमी नगरपालिका–६ भक्तपुरस्थित पुरानो थिमी शाखाको सोही वडाका वडाध्यक्ष ईन्द्रबहादुर प्रजापति, कागेश्वरी मनोहरा नगरपालिकाबाट गोठाटरस्थित गोठाटार शाखाको कृष्णहरि थापा, सूर्यविनायक नगरपालिका–२ बालकोट शाखाको सोही वडाका वडा अध्यक्ष्य कमलनाथ आचार्यबाट गरिएको थियो।
यस्तै चन्द्रागिरि नगरपालिका -११ सतुंगलचोक स्थित सतुंगल शाखाको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिबाट तथा बारा जिल्लाको फेटा गाउँपालिका -३ बारास्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष्य अमिरीलाल प्रसादबाट उद्घाटन भएको हो।
बैंकको मुलकभर २ सय ८१ शाखा कार्यालयहरू, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग एकाइमार्फत सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।