काठमाडौँ– अजोड इन्स्योरेन्स कम्पनीले धनगढीमा सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएकाे छ। साे कार्यालयकाे सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहरा र सञ्चालक सागर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
मन्त्री बोहराले कम्पनीले आफ्नो सुदूर सुदूरपश्चिम प्रदेशमा शाखा कार्यालय सञ्चालनमा ल्याएकाेमा खुशी व्यक्त गरे। कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले कम्संंपनीकाे परिचय र उद्देश्यका बारेमा जानकारी गराए।