काठमाडौँ - मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्टबीच सम्झौता भएको छ। उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्ड भएका सबै ग्राहकहरूले उक्त रिसोर्टबाट उपलब्ध हुने विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट दिने बैंकले बताएकाे छ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख वसन्ती बक्सी र रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गरेका छन्।
बैंकले हालसम्म देशभरि नै १ सय १४ वटा शाखा, २२ वटा एटीएम र ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।