काठमाडौँ - एनआईसी एशिया बैंकले काठमाडौँस्थित तार्केश्वर नगरपालिका वडा नं ११, मनमैंजुमा नयाँ शाखा विस्तार गरेको छ। उक्त कार्यक्रममा तार्केश्वर नगरपालिका मेयर रामेश्वर बोहरा तथा बैंकका उप-प्रादेशिक कार्यालय (प्रदेश ३) का प्रमुख विकास खरेलले मंगलबार संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका हुन्।
शाखाको उद्घाटन गर्दै मेयर बोहराले काठमाडौँ उपत्यकाभित्र समेत बैंकिङ्ग पहुँच कम भएको स्थान छानी आम सर्वसाधारणसम्म बैंकिङ्ग पुहँच वृद्धि गर्न बैंकले खोलेकाेप्रति प्रशंसा गरे।
कार्यक्रममा बैंकका प्रदेश नं ३ प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याइरहेको जानकारी दिए।
यसैगरी बैंकको हालसम्म मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।