काठमाडौँ– बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त भएका छन्। बीमा समितिको सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गरेको हो।
पाैडेल दुई दशकभन्दा बढीदेखि बीमा समितिमा कार्यरत थिए। उनले सोमबार नै पदभार ग्रहण गरिसकेका छन्।
तत्कालीन कार्यकारी निर्देशक श्रीमान कार्की अवकास भएपछि कार्यकारी निर्देशक पद रिक्त थियो। बीमा समितिको संगठन संरचनामा अध्यक्षपछि दोस्रो बरियतामा कार्यकारी निर्देशक रहने व्यवस्था रहेको छ।