काठमाडौँ– जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) र सिन्धु विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ। साेसम्बन्धी सम्झौतापत्रमा बैंककाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सकाे तर्फबाट महाप्रबन्धक एसके तमोटले हिजाे आइतबार हस्ताक्षर गरेका हुन्।
उक्त सहमतिसँगै सिन्धु विकास बैंकका ग्राहकहरूले जनरल इनस्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा साे बैंकका सबै शाखाबाट लिन सक्ने सिन्धु विकास बैंकले जानकारी गराएकाे छ।