काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले चिरायु नेशनल हस्पिटलसँग ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ। बैंक र हस्पिटलबीच भएको सहमतिअनुसार बैंकका ग्राहकहरूले अस्पतालका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। एभरेष्ट बैंकका ग्राहकहरूले एटीएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउनेछन्।
नेपालको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दै आएको छ। ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ।
बैंकको ग्राहकहरूको संख्या १० लाखभन्दा बढी रहेको बैंकले जनाएको छ। हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटिङमा कमर्सियल बैंकमा पर्न सफल भएको छ।
बैंकले हाल आफ्ना १४ वटा शाखाहरू, २८ राजस्व संकलन काउन्टर र १ सय १६ एटीएममार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ।