काठमाडौँ– फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्राे त्रैमासमा खुद नाफा ९ करोड १८ लाख ९३ रुपैयाँ कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ७५ प्रतिशतले बढी हो।
अघिल्लो वर्षको सोहीअवधिको तुलानामा लघुवित्तले ७ करोड ३० लाख रुपैयाँ ८३ हजार मुनाफा कमाएको थियो। यस माइक्रोफाइनान्सले चुक्ता पुँजी ५६ करोड ७७ लाख रुपैयाँबाट ६८ करोड ४३ लाख ९४ रुपैयाँ पुर्याएको छ।
माइक्रोफाइनान्सले चैत मसान्तसम्म लघुवित्तले ४ अर्ब ७५ करोड सापटीबाट ५ अर्ब १८ करोड बढी कर्जा परिचालन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा लघुवित्तको सापटी २५ दशमलव ६० प्रतिशतले बढी हो भने कर्जा ३४ दशमलव १८ प्रतिशतले बढी हो।
माइक्रोफाइनान्सले खुद ब्याज आम्दानीमा २० प्रतिशतले वृद्धि गरी १४ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा २६ दशमलव ३१ प्रतिशतले वृद्धि गरी १४ करोड ४९ लाख रुपैयाँ पुगेको छ। खुद व्याज आम्दानी तथा सञ्चालन मुनाफामा वृद्धि गरेको हुँदा नाफामा पनि वृद्धि गरेको हो।
निष्क्रिय कर्जा अनुपात शुन्य रहेको छ। प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९० पैसा, र मूल्य आम्दानी अनुपात २१ दशमलव ३९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १ सय २७ रुपैयाँ ६५ पैसा रहेको छ।