काठमाडौँ - नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरतासम्बन्धी सम्झौता भएको छ। सम्झौतामा एनबीआईका सहायक महाप्रबन्धक धनथापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका छन्।
सम्झौतापत्रमा एनबीआईले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाईल एपको संरचना र सुविधाबारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत रुपमा जानकारी गराईनेछ। समाजमा विभिन्न वर्गहरु जस्तै महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे बैंकले एपमार्फत जानकारी गराउने छ।
बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिई आफ्नो ग्राहकहरुलाई वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्ने भएको छ।
वित्तीय साक्षरताको आवश्यक सामग्रीमाझ लैजान एनबीआई मोबाइल प्रयोग देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको शुरुवात गर्ने भएको छ।