काठमाडौँ - काठमाडौँको भृकुटिमण्डप स्थित फन पार्कको जमिन भाडामा लिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा जेल परेका पूर्वश्रम मन्त्री टेकबहादुर गुरुङ साधारण तारेखमा जेलमुक्त भएका छन्।
गुरुङलाई विशेष अदालले साधारण तारेखमा छोड्न आदेश दिएको हो। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले पाँच लाख धरौटी माग गरेको थियो। उक्त सुनुवाइपछि गुरुङलाई अदालतले साधारण तारेखमा राख्न आदेश दिएको हो।