काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
कांग्रेसको नयाँ संरचनाअनुसार एक वरिष्ठसहित चार जना उपसभापति रहने व्यवस्था गरिएको छ। रिजालले भने खुलातर्फको उपसभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने भएका हुन्।मोरङबाट महाधिवेशन प्रतिनिधि बनेका रिजालले आज हुने उम्मेदवारी दर्तामार्फत औपचारिक रूपमा उपसभापतिका लागि नाम दर्ता गराउने तयारी गरेका छन्।
यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा रिजाल महामन्त्री पदका उम्मेदवार बनेका थिए। १५औँ महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेका बेला उनले उपसभापति पद रोजेका हुन्।