काठमाडौं ।कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत ३२औँ बैठक आगामी असोज २२ गते बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक बिहीबार दिउँसो १ बजे कटहरीस्थित प्रदेशसभा भवनमा बस्ने जानकारी दिएको हो।यसअघि भदौ २२ गते बसेको बैठक अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन रूपमा स्थगित गरिएको थियो।प्रदेश सभा नियमावली, २०७४ को नियम ६ अनुसार सभामुखको आदेशमा आगामी बैठक बोलाइएको प्रदेश सभा सचिव सुदर्शन खड्काले जारी गरेको सूचनामा उल्लेख छ।