काठमाडौं ।जनता समाजवादी पार्टी जसपा नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका छन्।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको जिम्मेवारीसँगै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।राजीनामा दिनेमा पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन्।चारै जनाले पार्टीबाट अलग भएको घोषणा गर्दै अब ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने बताएका छन्।उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत आगामी राजनीतिक गतिविधि ‘हुँकार मधेस’ अभियानमार्फत अघि बढाउने जानकारी दिएका हुन्।
