काठमाडौं।प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण र घनिष्ठ रहँदै आएको बताएका छन्।
आफ्नो कार्यकाल पूरा गरी भारत फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका थिए। सोही क्रममा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे आफ्नो धारणा राखेका हुन्।भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा पछिल्लो समय आएको बाढीपहिरो तथा अन्य विपद्का बेला भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी दिनका लागि शुभकामना पनि दिए।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालका क्रममा नेपाल र भारतबीच विभिन्न विकास परियोजनामा प्रगति भएको जानकारी गराए। उनले नेपालमा रहँदा प्राप्त सहयोग र सद्भावका लागि नेपाल सरकार तथा नेपाली नागरिकप्रति आभार व्यक्त गरे।भेटमा दुई देशबीचको सहकार्य तथा विकासका क्षेत्रमा भएका कामबारे समेत छलफल भएको बताइएको छ।