काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको छ।
पार्टी कार्यालयमा जारी बैठकमा पछिल्लो समय देखिएका विभिन्न राष्ट्रिय विषयमा छलफल भइरहेको छ।बैठकमा रसुवामा आएको बाढीपहिरोपछि उत्पन्न परिस्थितिका साथै त्यसको व्यवस्थापनका लागि सरकारले गरिरहेका कामबारे समीक्षा भइरहेको छ। विपद्का बेला पार्टीले निर्वाह गरेको भूमिकाबारे पनि बैठकमा छलफल भइरहेको बताइएको छ।आगामी दिनमा बाढीपहिरो प्रभावित क्षेत्रमा गर्नुपर्ने काम तथा सरकारलाई दिनुपर्ने सुझावका विषयमा पनि बैठकले छलफल गर्नेछ।यसका साथै पार्टीको आन्तरिक संगठन व्यवस्थापन, आगामी कार्ययोजना र पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमबारे समेत बैठकमा छलफल हुने बताइएको छ।