काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलले हालसम्म सम्पत्ति विवरण नबुझाएका आफ्ना २४ जना सांसदको नाम सार्वजनिक गरेको छ।
सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन पटक–पटक आग्रह तथा ताकेता गरिए पनि उनीहरूले अहिलेसम्म विवरण पेश नगरेको रास्वपा संसदीय दलले जनाएको छ।पार्टीका अनुसार सम्पत्ति विवरण बुझाउन निरन्तर सूचना प्रवाह गर्नुका साथै फलोअप गरिएको थियो। संसद् सचिवालयबाट समेत एसएमएसमार्फत जानकारी गराएर विवरण बुझाउन आग्रह गरिएको थियो। तर, ती २४ सांसदले अझैसम्म सम्पत्ति विवरण नबुझाएको पार्टीले जनाएको छ।

