काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुनसरी क्षेत्र नम्बर चारबाट निर्वाचित इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेको छ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको हो।यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि उद्योग मन्त्रालय मन्त्रीविहीन बनेको थियो। रिक्त रहेको मन्त्रालयको जिम्मेवारी साहलाई दिने तयारीसँगै उनी आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएको बताइएको छ।साहलाई मन्त्री नियुक्त गर्ने विषयमा प्रधानमन्त्रीको सचिवालयले आवश्यक तयारी अघि बढाएको जनाएको छ।