काठमाडौं । काठमाडौंमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पहलमा विपक्षी दलका नेताहरूको बैठक सुरु भएको छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै रसुवामा आएको बाढीले पुर्याएको क्षतिबारे छलफल भइरहेको छ।कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेससहित एमाले, नेपाल कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका नेता तथा सांसदहरू सहभागी छन्।रसुवा बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनामा देखिएका चुनौतीबारे बैठकमा छलफल हुने बताइएको छ। साथै देशको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनमा सरकारको भूमिकाका विषयमा पनि विपक्षी दलहरूले साझा धारणा बनाउने प्रयास गर्नेछन्।बैठकमा संसद्मा विपक्षी दलहरूले खेल्नुपर्ने भूमिका र समसामयिक राजनीतिक विषयमा समेत विचार–विमर्श हुने बताइएको छ।