काठमाडौं ।रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, रोङ्गास्थित रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको टनेलमा एक जनाको शव फेला परेको छ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नेपाली सेनाले ड्रोन प्रविधिको प्रयोग गरेको थियो। सोही क्रममा टनेलभित्र एक जनाको शव देखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।बाढीका कारण प्रभावित आयोजनाको टनेल क्षेत्रमा ड्रोनमार्फत खोजीलाई प्राथमिकता दिइएको हो। फेला परेको शवको पहिचान तथा घटनासम्बन्धी थप विवरण भने खुल्न बाँकी रहेको छ।खोज तथा उद्धार टोलीले अन्य सम्भावित स्थानमा समेत खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।