काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन महत्वपूर्ण विधेयक तथा प्रस्ताव अघि बढाउने सम्भावित कार्यसूची तय भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन मन्त्रालयसँग सम्बन्धित तीन वटा मुख्य विषय समेटिएका छन्।कार्यसूचीअनुसार मन्त्री गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछिन्। अनुमति पाएपछि सोही बैठकमा विधेयक प्रस्तुत गर्ने तयारी छ।त्यसैगरी उनले ‘मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३’ माथि छलफल अघि बढाउने प्रस्ताव पनि पेस गर्नेछिन्।बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव समेत मन्त्री गौतमले नै प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।यससँगै बुधबारको प्रतिनिधि सभा बैठकमा कानुन तथा न्याय क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण विषयले प्रवेश पाउने भएका छन्।
