काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ।
पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिले गरेपछि त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन समितिको बैठक बोलाइएको हो।nकेन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा महाधिवेशनको संशोधित कार्यतालिका तथा निर्वाचनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
यसअघि लगातार दुई दिन बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय संकट, खोज तथा उद्धार, राहत र पुनःस्थापनालगायत विषयमा पनि छलफल भएको थियो। कांग्रेसले बाढीपछिको खोज तथा उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य, शिक्षा, सामाजिक–आर्थिक अवस्था, राष्ट्रिय सुरक्षा तथा जलवायु न्यायलगायत विषयको अध्ययन गर्न प्रा. डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत गरेको छ। उक्त समितिलाई सात दिनभित्र अध्ययन प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।