काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सिटिजन्स बैंक इन्टरनेसनलले २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।बैंकले बाढीबाट क्षतिग्रस्त नुवाकोटको देवीघाट शाखा क्षेत्रका प्रभावित नागरिकलाई चामल, दाल, तेल, नुन, बिस्कुटलगायत खाद्य सामग्रीसमेत वितरण गरेको जनाएको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा विपद्का समयमा राहत र सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।