काठमाडौं । बाढीले बगाएर ल्याएका पहिचान खुल्न नसकेका ७६ जनाको शव पोखरा–१६ जौवारीमा व्यवस्थापन गरिएको छ।
पहिचान हुन नसकेका शवको व्यवस्थापन गरिएको स्थानमा पोखरा महानगरपालिकाले शोकसभा, स्वस्ति शान्ति वाचन तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै, विपद्का कारण प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।बाढीपछि विभिन्न स्थानबाट ल्याइएका शवको पहिचान तथा व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थामा महानगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी पहिचान हुन नसकेका शवहरूको व्यवस्थापन गरेको जनाएको छ।