काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति गगन थापाबीच आइतबार दिउँसो भेटवार्ता भएको छ।
दिउँसो १२ः३० बजे भएको भेटमा कांग्रेसभित्र देखिएका आन्तरिक मतभेद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको हो।भेटका क्रममा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेकाले कांग्रेसभित्र एकता आवश्यक रहेको धारणा राखेका थिए। पार्टी एकताका लागि आफू आवश्यक त्याग गर्न तयार रहेको उनले बताएका थिए।सभापति थापाले पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने पक्षमा आफू रहेको बताएका थिए।यस्तै, भेटमा भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे समेत छलफल भएको जनाइएको छ।