काठमाडौं।रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म बाढी प्रभावित १३ हजार ९३ जनाको सुरक्षित उद्धार गरिएको छ।प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विपद्मा ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला पारेर संकलन गरिएको छ। अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेको जनाइएको छ।बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण घाइते भएका तथा प्रभावितमध्ये ५ हजार ३ सय ९७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।उद्धारपछि प्रभावित नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कार्य पनि जारी छ। नुवाकोट, धादिङ र रसुवामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ४ हजार ५ सय २१ जनालाई राखिएको प्राधिकरणले जनाएको छ विपद्पछिको खोज, उद्धार, सुरक्षा तथा राहत व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजार ४ सय २१ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्।सम्पर्कविहीनको खोजी, घाइतेको उपचार तथा विस्थापित नागरिकको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायले उद्धार तथा राहत अभियानलाई निरन्तरता दिइरहेका छन्।